कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही, माघ ७
सर्लाही प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक कैदीलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, हरिवन नगरपालिका वडा नं. ८, बेताली बस्ने गोपाल पौडेलका छोरा ३८ वर्षीय अमित पौडेल(मीन बहादुर) लाई आफ्नै गाउँमा लुकिछिपी बस्दै गरेको अवस्थामा सोमबार राती पक्राउ गरेको हो। २० वर्ष कैद सजाय पाएका र ८ वर्ष ६ महिना कैद समेत भुक्तान गरिसकेका पौडेल जेन्जी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट भागेका थिए।
ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले उनलाई पक्राउ गरी कारागार व्यवस्थापन कार्यालय मलंगवामा पठाएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment