संग्रामपुरबाट अवैध माछा बरामद
मधेशदूत समाचारदाता
सर्लाही, पुस २१
सर्लाही प्रहरीले आइतवार अवैध रूपमा ओसारपसार गरिँदै आएको माछा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय संग्रामपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो करिब २ बजे पर्सा गाउँपालिका–२ अन्तर्गत संग्रामपुर टोलमा नियमित चेकजाँचका क्रममा मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको करिब ५५ केजी माछा बरामद गरेको हो। चेकजाँचका क्रममा प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालक माछा घटनास्थलमै छोडी फरार भएको प्रहरीले जनाएको छ। बेवारिसे अवस्थामा फेला परेको माछाको अनुमानित मूल्य करिब २० हजार रुपैयाँ रहेको छ।
बरामद गरिएको माछा सोही दिन अपराह्न ४:३० बजे पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय सर्लाहीका कार्यालय सहयोगी उमेश माहासेठको रोहवरमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्राङ्गणमा खाल्डो खनी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।
No comments:
Post a Comment