Translate

Monday, January 5, 2026

कारको डिक्कीबाट ६० केजी गाँजा बरामद , एकजना पक्राउ



मधेशदूत समाचारदाता---
सर्लाही, पुस २१

     सर्लाही प्रहरीले लालबन्दी नगरपालिका–१, नवलपुरबाट आइतवार बिहान ठूलो मात्रामा लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बिहान करिब ५ बजे हरिवन–डाबरी सडक खण्डबाट लालबन्दी तर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ०२ पिबी २२२६ कार र बागमती प्रदेश ०६–०२ प १७७० मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा कार भित्र गाँजा बरामद गरेको हो। प्रहरीले  यी दुई सवारीलाई  रोक्न खोज्दा चालकहरूले तीव्र गति लिँदै फरार हुने प्रयास गरेका थिए।
    प्रहरीले मोटरसाइकल चालक नवलपुरकै ३२ वर्षीय नुरहसन साहलाई नियन्त्रणमा लिइएको थियो। साहले कारभित्र गाँजा रहेको जानकारी दिएपछि प्रहरीले कारको पनि पछि लाग्दा नवलपुर–जंगल टोलस्थित लालबाबु महतोको घरमा कार ठोक्किएको थियो। ठोक्किएको बेलामा कार चालक भने फरार हुन सफल भएका थिए।
  कारको खानतलास गर्दा सिट पछाडिबाट १५ वटा पोकामा लुकाइराखिएको ६० केजी गाँजा बरामद गरिएको छ। 
  पक्राउ परेका नुरहसनलाई सर्लाही जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


No comments:

Post a Comment