हिन्दु सम्राट सेना नेपालको सक्रियता, वडा समिति गठनदेखि हिन्दू जागरण अभियानसम्म आयोजना
मधेशदूत समाचारदाता---
सर्लाही, पुस २१
सनातन हिन्दु धर्म, संस्कृति तथा राष्ट्र–धर्मको संरक्षण र प्रवर्द्धनलाई मुख्य उद्देश्य बनाउँदै हिन्दु सम्राट सेना नेपालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–८, औरहीमा वडा स्तरीय समिति गठन गरेको छ।
आइतबार सम्पन्न भेलाबाट सुबोध चौरसियाको अध्यक्षमा ५१ सदस्यीय वडा समिति गठन गरिएको जनाइएको छ। कार्यक्रममा धर्म, राष्ट्र र समाजको हितका लागि संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यसैबीच हिन्दु सम्राट सेना नेपालले सञ्चालन गरिरहेको हिन्दू जागरण अभियान अन्तर्गत जिल्लाको विष्णु गाउँपालिका वडा नं. ८ र ९ का दुलबा तथा सिमरा क्षेत्रमा हिन्दू जागरण तथा धर्म परिवर्तन रोकथामसम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा हिन्दू सम्राटका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवले सनातन धर्मको संरक्षण, सांस्कृतिक पहिचानको जगेर्ना तथा सामाजिक चेतना अभिवृद्धिमा यस्ता अभियानको महत्त्व रहेको बताएका थिए। उनका अनुसार आगामी दिनमा जिल्लाका विभिन्न स्थानमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
No comments:
Post a Comment