Translate

Monday, January 26, 2026

फरार डाँका अभियुक्त पक्राउ

  मधेशदूत समाचारदाता---
सर्लाही,माघ १२

     फरारको सूचिमा रहेका डाँका अभियुक्त बिल्टु महतोलाई प्रहरीले पक्राउ गरेको छ।
   रामअशिष महतोको जाहेरीमा डाँका मुद्दामा फरार रहेका कबिलासी -७ का राम औतार महतोको ४४ वर्षिय छोरा बिल्टु महतो शनिबार हरिवन नगरपालिका–५ मा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्। उनीमाथि ६ वर्ष कैद र २,७९,६०० रुपैयाँ जरिवाना तोकिएको थियो।
   पक्राउपछि उनलाई कानुनी प्रक्रिया पुरा गरी कारागारमा पठाइएको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।

No comments:

Post a Comment