Translate

Sunday, January 25, 2026

मलंगवामा दादुराको महामारी नियन्त्रणमा जुटे स्वास्थ्य मन्त्री राय, निर्देशक र स्वास्थ्य कार्यालय प्रमुख

 


मधेशदूत समाचारदाता---
सर्लाही,माघ ११

    सर्लाही सदरमुकाम मलंगवामा बढदो क्रममा रहेको दादुराको महामारी रोकथाम र नियन्त्रणका लागि मन्त्रालय,निर्देशनालय र स्वास्थ्य कार्यालय प्रमुख जुटेका छन् । 
  मलंगवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमणबाट प्रभावित सात जना बिरामी फेला परेपछी मलंगवा लगायत जिल्ला भरी नै दादुराबाट हुने स्वास्थ्य जोखिम बढेको हो ।
जनस्वास्थ्य कार्यालय सर्लाहीले सरोकारवाला लगायत जिल्ला खोप समन्वय समितीसगँ समन्वयात्मक बैठक गरी  भोलिदेखि मलंगवा नगरपालिकाका वडाहरु २,३,४,८,९ र १० मा दादुरा विरुद्धको खोप सन्चालन गर्ने तयारी गरेको  स्वास्थ्य कार्यालयका प्रमुख डा.नवलकिशोर झाले जानकारी दिए । 
  तयारी स्वरुप स्वास्थ्य कार्यालय सर्लाहीले आज मलंगवा नगरपालिका स्वास्थ्य शाखासगँ सहकार्य गरि वडाध्यक्षहरु,नगरभित्रका स्वास्थ्यकर्मी र स्व्मयसेविकाहरुसगँ अभिमुखिकरण तथा सुक्ष्म योजना गोष्ठी समपन्न गरेको छ । कार्यालय प्रमुख झाका अनुसार पुष्टि भएका बिरामी ७ जना र सङ्क्रमणको आशंका गरिएका १६ जनालाई उनीहरुकै घरमा निगरानीमा राखिएको छ । दादुरा रोग तीव्रगतिमा फैलिने भएकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले मलङ्गवावासीसँग अनुरोध गरेको छ ।
   यता मधेशप्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायले स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएका छन् । सर्लाहीलाई महामारीको चपेटबाट जोगाउन आ-आफ्नो तर्फबाट आजै तयारी थाल्न स्वास्थ्य निर्देशनालय सपहीका निर्देशक सरोजचन्द्र न्यौपाने र स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख नवल किशोर झालाई निर्देशन दिनुभएको हो ।  उनले विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै दादुरा विरुद्धको खोप सजगता र परिणाममुखी रुपमा कार्यन्वयन गर्न आग्रह गरे । सचेतनादेखि सजगताका सबै काम थाल्न उनले आग्रह गरे । 
  मन्त्री रायले महामारीको अधस्थामा समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए ।
   त्यस्तै,स्वास्थ्य निर्देशनालय सपहीका निर्देशक सरोजचन्द्र न्यौपाने सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
   मलंगवा नगरपालिकाको सभाहलमा सन्चालित स्वास्थ्यकर्मी र स्व्मयसेविकाहरुसगँ अभिमुखिकरण तथा सुक्ष्म योजना गोष्ठीमा बोल्दै निर्देशक न्यौपानेले दादुरा अतिसंक्रामक रोग हो । सन् २००१ मा संसारभरी अनुमान गरेअनुसार करिव ३ करोड बालबालिकाहरूमा दादुरा रोग देखापरेको थियो । ती मध्ये ७४५,००० बालबालिकाहरूको यस रोगका कारण मृत्यु भएको थियो । खोपबाट बचाउन सकिने रोगहरू मध्ये दादुरा रोगले बालबालिकाहरूको बढी मृत्यु गराउँछ । 
  दादुरा अतिसंक्रामक रोग भएकोले यस रोगले महामारी गराउन सक्दछ । खास गरेर यस रोगले कुपोषित बच्चाहरूको बढी मृत्यु गराउँछ । त्यसकारण मलंगवा नगरपालिकामा यो महामारी फैलिसकेको अवस्था छ । नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ ”भनेर जोड दिए ।

No comments:

Post a Comment