Translate

Saturday, January 3, 2026

सर्लाही क्षेत्र नं. ०२ बाट एमालेको तर्फबाट धर्मेन्द्र यादव ‘टाका’ सिफारिस




मधेशदूत समाचारदाता---
सर्लाही, पुस २०

  सर्लाही क्याम्पसका पूर्व सभापति तथा प्रादेशिक अस्पताल मलंगवाको वर्तमान व्यवस्थापन समितिका सदस्य धर्मेन्द्र यादव ‘टाका’ सर्लाही निर्वाचन क्षेत्र नं. ०२ बाट नेकपा (एमाले)को तर्फबाट सिफारिस भएका छन्।
  Gen-Z समुहमा पर्ने युवा नेता यादवलाई पार्टीले संगठन विस्तार, विद्यार्थी राजनीतिमा योगदान तथा सामाजिक क्षेत्रमा देखाएको सक्रिय भूमिकाको मूल्याङ्कन गर्दै सिफारिस गरेको पार्टी स्रोतले जनाएको छ। 
  सर्लाही क्याम्पसमा अध्ययनरत रहँदा उनले विद्यार्थी हकहितका सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकप्रियता कमाएका थिए।
हाल प्रादेशिक अस्पताल मलंगवाको व्यवस्थापन समितिमा रहेर स्वास्थ्य सेवा सुधार, सेवा व्यवस्थापन र पारदर्शिताका पक्षमा सक्रिय भूमिका खेल्दै आएका यादवलाई स्थानीय स्तरमा एक आशावादी र कर्मशील युवा नेताका रूपमा हेरिएको छ।
   युवा पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा नयाँ ऊर्जा र सोच भित्र्याउन सक्ने क्षमताका कारण पार्टीभित्र उनको सिफारिसलाई महत्वपूर्ण रूपमा लिइएको छ। क्षेत्र नं. ०२ मा युवामाझ उनको पकड बलियो रहेको र आगामी निर्वाचनमा नयाँ विकल्पको रूपमा स्थापित हुन सक्ने विश्वास एमालेका स्थानीय नेताहरूले व्यक्त गरेका छन्।


No comments:

Post a Comment