तराई युवा समाज सेवा समितिद्वारा आर्थिक सहयोग
मधेशदूत समाचारदाता---
सर्लाही,पुस २९
तराई युवा समाज सेवा समितिले सर्लाही जिल्लाको कौडेना गाउँपालिका–५ निवासी सरिता रामलाई आर्थिक सहयोग प्रदान गरेको छ। केही दिनअघि उनका श्रीमान् बिन्दे रामको निधन भएपछि परिवार आर्थिक रूपमा अत्यन्तै कमजोर अवस्थामा पुगेको जनाउँदै समितिले सहयोग गरेको हो।
बिन्दे रामको काजक्रिया तथा सरिता रामका एक छोरा र एक छोरी गरी दुई बालबालिकाको पालनपोषणमा केही थोरै भएपनि सहयोग पुर्याउने उद्देश्यले समितिले नगद रु. १०,०५५ (दस हजार पचपन्न रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। उक्त सहयोग रकम समितिका सदस्य भूपेन्द्र रामले पीडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेका हुन्।
समितिका केन्द्रीय अध्यक्ष आनन्द कुमार शाहका अनुसार समाजसेवाको भावनाले प्रेरित भई विपन्न तथा दुःखमा परेका परिवारलाई सहयोग गर्दै आएको समितिले भविष्यमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिनेछ।
No comments:
Post a Comment