भन्सार दिवसको अवसरमा आयोजित हाजिरी जवाफमा राम गुलाम मावि भाँडसरको सफलता
मधेशदूत समाचारदाता---
सर्लाही, माघ १४
७४औँ भन्सार दिवसको अवसरमा भन्सार कार्यालय सर्लाहीद्वारा आयोजित जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा श्री राम गुलाम जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेका छन्।
प्रतियोगितामा विद्यालयका विद्यार्थी शिवम कुमार यादव, बिकेन्द्र रजक र शिवानी कुमारी सहनीको समूहले शिक्षक प्रतिनिधि कान्छामान स्याङ्तानको संयोजकत्वमा सहभागिता जनाउँदै तेस्रो स्थान प्राप्त गरेका हुन् । उनीहरूले शिल्ड, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
विद्यार्थीहरूको यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागितालाई उजागर गरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्राधानाध्यापक मनोज कुमार कुशवाहाले प्रतियोगिताको सफल आयोजना गरेकोमा भन्सार कार्यालय सर्लाहीप्रति धन्यवाद व्यक्त गरेको छ ।
शैक्षिक क्षेत्रसँगै बौद्धिक प्रतिस्पर्धामा विद्यार्थीलाई प्रोत्साहित गर्ने यस्ता कार्यक्रमले ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अभिभावक द्वारा विश्वास व्यक्त गरिएको छ ।
No comments:
Post a Comment