Translate

Saturday, January 24, 2026

मूर्ति विसर्जनसँगै सरस्वती पूजा सम्पन्न

  



मधेशदूत समाचारदाता---
सर्लाही,माघ ११

    मूर्ति विसर्जनसँगै यस वर्षको सरस्वती पूजा सर्लाही जिल्लाभर सम्पन्न भएको छ। ज्ञान र विद्याकी देवी सरस्वतीको पूजाका अवसरमा मलंगवा सहित जिल्लाका विभिन्न विद्यालयहरूमा विशेष कार्यक्रम आयोजना गरिएका थिए।
    विद्यालयहरूमा सरस्वती देवीको मूर्ति स्थापना गरी पूजा–अर्चना गरिएको थियो। विद्यार्थी, शिक्षक र अभिभावकहरूको सहभागितामा सरस्वती वन्दना, गीत–नृत्य, कविता वाचन जस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । साथै विज्ञान तथा कला प्रदर्शनीजस्ता अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिएका थिए ।
यी कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर दिएको विद्यालयहरूले बताएका छन्। सरस्वती पूजाले पढाइप्रति रुचि बढाउने र संस्कार तथा अनुशासन सिकाउने विश्वास गरिएको छ।


  पूजाको अन्तिम दिन अर्थात भोलीपल्ट परम्परागत रूपमा देवी सरस्वतीको मूर्ति विसर्जन गरिएको थियो। शान्तिपूर्ण वातावरणमा बाजागाजा सहित  नदी तथा पोखरीमा मुर्ति विसर्जन गरिएको स्थानीय प्रशासनले जनाएको  छ।
  

No comments:

Post a Comment