Translate

Saturday, January 24, 2026

उखु बिक्रीको संघारमै बलरामा आगलागी, २७ लाख भन्दा बढीको क्षति

  



मधेशदूत समाचारदाता---
सर्लाही, माघ ११

   सर्लाहीको बलरा नगरपालिका–६ स्थित मिर्जापुर गाउँमा भएको आगलागीबाट १३ जना किसानको उखु बाली जलेर ठूलो क्षति पुगेको छ। काटिसकेको उखुको पात जलाउने क्रममा अचानक आगो फैलिँदा छेउछाउका अन्य किसानको खेतमा रहेको उखु समेत जलेको हो।
    इलाका प्रहरी कार्यालय बलराका अनुसार आगलागीबाट मिर्जापुरका मनिभुषण सिंह, नवीनकुमार सिंह, गणेशप्रसाद सिंह, मनोजकुमार सिंह, दीपेन्द्र कुमार सिंह, अरुणकुमार सिंह, राजेश सिंह, बालमिकी सिंह, अजय सिंह, हरिन्द्र पासवान, अनिल सिंह, बैनाथ साह र शैलेन्द्र सिंहको उखु बाली आंशिक रूपमा जलेर नष्ट भएको छ।
  चिनी मिलमा बिक्री गर्ने तयारी अवस्थामा रहेको उखु जलेपछि किसानहरू गहिरो चिन्तामा परेका छन्। प्रारम्भिक मूल्याङ्कन अनुसार आगलागीबाट करिब २७ लाख ६० हजार रुपैयाँ बराबरको उखु क्षति भएको प्रहरीले जनाएको छ।
  सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

No comments:

Post a Comment