निर्वाचन सुरक्षाका लागि सर्लाहीमा लाइसेन्स प्राप्त हतियार संकलन अभियान
मधेशदूत समाचारदाता---
सर्लाही, पुस ३०
आगामी फाल्गुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्त, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउने उद्देश्यले सर्लाही प्रशासनले जिल्लाभित्र रहेका इजाजत प्राप्त हतियार संकलन गर्ने प्रक्रिया सुरु गरेको छ।
निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले हतियारधनीहरूलाई तोकिएको समयभित्र हतियार बुझाउन निर्देशन दिएको हो।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाद्वारा जारी सूचनामा स्थानीय प्रशासनबाट इजाजत लिइएका सबै किसिमका हतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ। प्रशासनका अनुसार प्रतिनिधिसभा निर्वाचनको समय नजिकिँदै जाँदा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय लिइएको हो।
प्रशासनका अनुसार सर्लाही जिल्लामा हाल विभिन्न प्रकारका पेस्तोल, राइफललगायत गरी ३१९ थान इजाजत प्राप्त हतियार दर्तामा छन्। यी हतियार निर्वाचन अवधिभर प्रहरीको नियन्त्रणमा राखी सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाइने बताइएको छ।
No comments:
Post a Comment