Translate

Saturday, January 10, 2026

सहारा मल्टिपर्पसको २२ औँ वार्षिक साधारणसभा सम्पन्न आर्थिक वृद्धि र नयाँ सेवा केन्द्र विस्तारको तयारी

 

मधेशदूत समाचारदाता
सर्लाही, पुस २७

   सहारा मल्टिपर्पस को-अपरेटिभ सोसाइटी लिमिटेड मलंगवाले आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिवार सम्पन्न भएको साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष डा. वसी अहमद मिकरानीले गर्नु भएको थियो भने जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो
    सभामा अध्यक्ष मिकरानीले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले २२ औँ साधारणसभासम्म आइपुग्दा सदस्य र कर्मचारीको सक्रिय सहभागिताले आर्थिक कारोबारमा सन्तोषजनक प्रगति गरेको बताए। उहाँका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल शेयर पुँजी रु ५ करोड ७२ लाख ८ हजार, जगेडा कोष रु ५४ लाख ८६ हजार, र  निक्षेपको रकम रु १ अर्ब ७१ लाख ७७ हजार रहेको छ। संस्थाको कुल कारोबार रु १ अर्ब १४ करोड ७६ लाख ३३ हजार ८ सय १७ पुगेको उहाँले जानकारी दिनुभयो।
   मलंगवा–१० स्थित जानकी पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा पूर्व सांसद भिखारी मंसुर, संस्थाका उपाध्यक्ष नागेन्द्र प्रसाद रौनियार, सञ्चालक समिति सदस्य अबुल हसन नुरी, संजय चौधरी, पूर्व डिभिजन सहकारी प्रमुख सुरेन्द्रलाल कर्ण, विभिन्न सेवा केन्द्रका प्रमुख, सेयर सदस्य, कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो।
   कार्यक्रमको अवसरमा प्रधान कार्यालय

मलंगवा लगायत बरहथवा, हरिवन, गोडैता, पर्सा, हेटौंडा, सिमरा, नारायणगढ, निजगढ, कोल्हबी, गौशाला र कटहरियाका असल श्रेणी, बचतकर्ता र निक्षेप संकलनकर्तालाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
   सहारा मल्टिपर्पसले निकट भविष्यमा चितवनको खैरनी पर्सा, सप्तरीको राजविराज, पर्साको बिरगंज, धनुषाको जनकपुर र सिरहाको लहानमा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना रहेको संस्थाका मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी दिनु भएको छ।


No comments:

Post a Comment