Translate

Sunday, December 7, 2025

एम्बुलेन्सबाट ५१.५ के.जि. गाँजा सहित चालक पक्राउ

  



मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर २१

   सर्लाहीको  हरिवनमा  ठूलो मात्रामा लागु औषध गाँजा सहित एम्बुलेन्स र चालक पक्राउ परेका छन्।
   प्रहरीका अनुसार, शनिबार साँझ ८:४५ बजे हरिवन नगरपालिका वडा न–५, हिरालाल टोलमा ज.१ च १५५८ नम्बरको एम्बुलेन्समा गाँजा लोड गरेर लैजाँदै गरेको भन्ने प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिगएको प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै रोक्दा एम्बुलेन्सको पछाडिको भागमा लुकाइ राखिएको ५१.५ के.जि. गाँजा फेला पारेको हो ।
  यस घटनामा एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका-४ का ३७ वर्षिय सुरेन्द्र राय यादवलाई नियन्त्रणमा लिइएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको  ।


No comments:

Post a Comment