Translate

Saturday, December 6, 2025

मलंगवामा महिला स्वास्थ्य स्वयंसेविका दिवस विशेष कार्यक्रमसहित सम्पन्न



मधेशउूत समाचारदाता---
सर्लाही, मंसिर २०

   मलंगवा नगरपालिकाले ३४औँ अन्तर्राष्ट्रिय १६ दिने लैङ्गिक हिंसा विरुद्ध अभियानको क्रममा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ शुक्रबार औपचारिक कार्यक्रमका साथ मनाएको छ। समुदायमा स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाप्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रम आयोजना गरिएको हो।
   नि. प्रमुख प्रशासकीय अधिकृत रामलाल साहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. १ का अध्यक्ष नवलकिशोर यादव, वडा नं. १२ का अध्यक्ष राम दरेश राय, स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साह, जनस्वास्थ्य निरीक्षक धिरेन्द्र यादव, सङ्गीता परियार, मुक्ति नेपालकी रीना साह तथा अशिष सामाजिक सेवा नेपालकी सङ्गीता नेपालीलगायतका सरोकारवाला सहभागी थिए।
  कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णुकान्त साहले महिला स्वास्थ्य स्वयंसेविकाको ऐतिहासिक भूमिका, उनीहरूले समुदायमा पुर्‍याइरहेका सेवाहरू र १६ दिने अभियानसँग यसको सम्बन्धबारे विस्तृत जानकारी प्रस्तुत गरे। महिला तथा बालबालिका शाखा प्रमुख नगिना यादवले कार्यक्रम सञ्चालन गर्दै दिवसको सन्देशवाचन गरेकी थिइन्।
  दिवसको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानद्वारा प्रोत्साहन गरिएको थियो। 
   कार्यक्रमले लैङ्गिक हिंसा रोकथाम, स्वास्थ्य सेवा सुदृढीकरण तथा स्थानीयस्तरमा महिलाको नेतृत्व र सहभागिता विस्तारमा सहयोग पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

No comments:

Post a Comment