Translate

Friday, December 5, 2025

रोज़ गार्डेन स्कूलको ११औँ वार्षिकोत्सव सम्पन्न

 


मधेशदूत समाचारदाता---
सर्लाही ,मंसिर २०

    सर्लाहीको सदरमुकाम मलंगवा–०३ विश्वकर्मा चौकस्थित रहेको रोज़ गार्डेन इंग्लिस बोर्डिङ स्कूलले आफ्नो स्थापनाको ११ औँ वार्षिकोत्सव तथा अभिभावक भेला विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
   श्री बौधी देबीमाई माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व प्राध्यापक उपेन्द्र रायको अध्यक्षता तथा वडा न–७ का वडा अध्यक्ष ईशा मिकरानीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। 


   त्यस्तै बहुप्राविधिक शिक्षालयकी नर्सिङ अधिकृत इशरत खातुन विशिष्ट अतिथि रहेकी उक्त कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, वडा सदस्य हरुण मंसुर, प्रधानाध्यापक नागेन्द्र यादव, अभिभावक विनोद शर्मा लगायत विभिन्न विद्यालयका शिक्षकहरु लगायतको उपस्थिति रहेको थियो। 
  कार्यक्रममा उपस्थित अतिथिहरुलाई
विद्यालय सञ्चालक समिति अध्यक्ष संगिता यादवले शिक्षक–शिक्षिकाहरूलाई दोसल्ला र मायाको  चिनो प्रदान गर्दै विद्यालयको गुणवत्तापूर्ण शिक्षाप्रति सबैको योगदान प्रशंसनीय रहेको बताइन्।


   विशिष्ट अतिथि इशरत खातुनले मेहनत, नियमितता र लक्ष्यप्रतिको दृढताले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यतर्फ लैजान सक्ने उल्लेख गर्दै प्रतिस्पर्धात्मक क्षेत्रमा अवसर प्राप्त गर्न शैक्षिक क्षमताको विकास अत्यावश्यक हुने धारणा राखे।
    बि.स २०७१ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकालाई सम्मान प्रदान गरेको थियो। कार्यक्रम विद्यालयका संस्थापक तथा प्राध्यापक रवि कुमार रायले सञ्चालन गरेका थिए।
   सांस्कृतिक प्रस्तुति, शैक्षिक गतिविधि तथा विभिन्न प्रतिभा प्रदर्शनले कार्यक्रम झनै जीवन्त बनेको थियो। साथै, अभिभावक र विद्यालयबीचको सहकार्य, सिकाइ–पढाइको गुणस्तर सुधार तथा पाठ्यक्रम सुधारका विषयमा पनि छलफल भएको थियो।


  अतिथिहरूले विद्यालयले ११ वर्षको यात्रामा हासिल गरेको निरन्तर प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी शैक्षिक यात्रामा अझ उचाइ हासिल गर्न शुभकामना व्यक्त गरेका थिए ।

No comments:

Post a Comment