लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानअन्तर्गत कौडेनाका विद्यार्थीसँग अन्तर्क्रिया
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १९
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) जिल्ला समिति सर्लाहीको आयोजना तथा एजुकेसन आउटलाउडको सहकार्यमा सर्लाहीको कौडेना–३ स्थित श्री जनता माध्यमिक विद्यालयमा ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत विद्यार्थीसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयका शिक्षक नागेश्वर ठाकुरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयमा सुरक्षित वातावरणले सिकाइमा पुर्याउने प्रभावबारे श्रोत व्यक्ति तथा प्रशिक्षक कमलेश राउतले विस्तृत रूपमा जानकारी गराएका थिए। उनले सुरक्षित शिक्षालयले विद्यार्थीको सिकाइ गुणस्तरमा महत्वपूर्ण वृद्धि ल्याउने उल्लेख गरे।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बुढाथोकीले साइबर बुलिङ र सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे सहजीकरण गरे। उनले पछिल्ला दिनमा सामाजिक सञ्जालको दुरुपयोगका कारण घटना बढ्दो क्रममा रहेको भन्दै सचेत हुन आग्रह गरे।
कार्यक्रममा एनसिई नेपाल सर्लाहीका जिल्ला संयोजक अधिवक्ता राजेश पासवान, आरआरपिकेका अफिल्ड अधिकृत प्रभंश साह, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका कार्यक्रम अधिकृत गोबिन्द पासवान, महिला अधिकारकर्मी रिन्कु जैसवाललगायत व्यक्तिहरूको उपस्थिति थियो।
अन्तर्क्रिया कार्यक्रममा कक्षा ९ र १० का ६५ जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको विद्यालयले जनाएको छ।
No comments:
Post a Comment