मलंगवामा टाटा पेन्टसको नयाँ शाखा सुरु, पेन्टर भेटघाट कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर १९
टाटा पेन्टस अब मलंगवामै उपलब्ध हुने भएको छ। टाटा पेन्टसको अधिकृत डिलर कृष्ण एण्ड लक्ष्मी जनरल अर्डर सप्लायर्सले नयाँ शाखा विस्तार गर्दै बिहिवार मलंगवामा पेन्टर तथा व्यवसायीहरूको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सप्लायर्सका डिलर कृष्ण देव साहको अध्यक्षता र मधेस प्रदेशका एरिया सेल्स म्यानेजर नितेश कुमार झाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा, टाटा पेन्टसको सेवा अब जिल्लावासीका लागि झनै सहज र पहुँचयोग्य भएको जानकारी दिइएको छ।
कार्यक्रममा प्रोप्राइटर राहुल कुमार साहले मलंगवामा शाखा सञ्चालनसँगै नजिकका अन्य ठाउँमा पनि डिलर विस्तार गर्ने योजना रहेको बताए। नयाँ शाखा उद्घाटन समारोहमा जिल्लाका विभिन्न स्थानबाट आएका ६० भन्दा बढी पेन्ट व्यवसायी तथा पेन्टरहरूको सहभागिता रहेको थियो।
एरिया म्यानेजर झाले टाटा पेन्टस उच्च गुणस्तर, विश्वसनीयता र टिकाउपनका कारण बजारमा लोकप्रिय बनेको उल्लेख गर्दै उचित रंग छनोट, गुणस्तरीय सामग्री प्रयोग र ग्राहकमैत्री सेवामा ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे।
शाखा विस्तार तथा भेटघाट कार्यक्रम मलंगवा–२ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न भएको हो।
No comments:
Post a Comment