Translate

Friday, December 5, 2025

स्थापनाको २५ औं वर्ष पूरा गरेको अवसरमा सगरमाथा आधारभूत आवासीय विद्यालयले मनाए रजत जयन्ती

  



मधेशदूत समाचारदाता----
सर्लाही,मंसिर १९

    सर्लाहीको सदरमुकाम मलंगवास्थित सगरमाथा आधारभूत आवासीय विद्यालयले बिहीबार आफ्नो २५औं स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संस्थापक प्राधानाध्यापक तिलक कुमार क्षेत्रीको अध्यक्षतामा तथा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका प्रमुख एवं उपसचिव मित्र प्रसाद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।     कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका शिक्षा अधिकृत सुनिल कुशवाहा, मलंगवा नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद मण्डल, प्यबसन सर्लाहीका अध्यक्ष सागर गिरी, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
  त्यस्तै कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, शिक्षाका लागि राष्ट्रिय अभियान सर्लाहीका अध्यक्ष राजेश पासवान र निरन नेपाल सर्लाहीका अध्यक्ष डा. अब्दुर रहिम मिकरानीको पनि विशेष अतिथ्यता रहेको थियो ।


   सो अवसरमा विद्यार्थीहरूले प्रस्तुत गरेको मार्चपास, सांस्कृतिक नृत्य, खेलकुद तथा जिम्नास्टिक प्रदर्शनले कार्यक्रमलाइइ विशेष आकर्षक बनाएको थियो। संस्थापक प्रअ क्षेत्रीले विद्यालयको रजत जयन्तीलाई सफल बनाउन साथ दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए।
  त्यस्तै विद्यालयका प्रअ जोसेफ क्षेत्रीले उपस्थित प्रमुख तथा विशिष्ट अतिथिहरूलाई विद्यालयको तर्फबाट खाँदासहित मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।


   २०५७ सालमा स्थापना भएको यो विद्यालयले जिल्लामा एक नमूना शैक्षिक संस्थाको रूपमा आफ्नो पहिचान बनाउन सफल भएको छ। शिक्षाका साथै विद्यार्थीको व्यक्तित्व विकास, संस्कार, सीप र व्यावहारिक ज्ञानलाई प्राथमिकतामा राख्दै आएको विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास अतिथिहरूले व्यक्त गरेका थिए।

No comments:

Post a Comment