राजश्रीले आर्थिक वर्ष २०८१/८२ मा कमायो १ करोड ३४ लाख मुनाफा, सदस्य र कर्मचारी सम्मानित
मधेशदूत समाचारदाता---
सर्लाही,मंसिर २१
सर्लाहीको मलंगवास्थित राजश्री सेभिङ्स एण्ड क्रेडिट को–अपरेटिभ सोसाइटी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उच्च नाफा आर्जन गरेको छ।
शनिबार सम्पन्न २५औँ वार्षिक साधारण सभामा संस्थाले एक करोड ३४ लाख ४७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी सार्वजनिक गरेको छ ।
संस्थाका अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षता र मधेश प्रदेशसभा सदस्य संजय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संस्थाको आर्थिक प्रगति, सेवा विस्तार र सामाजिक जिम्मेवारीमाथि जोड दिइएको थियो । ९० करोड ८७ लाख रुपैयाँ शेयर पूँजी रहेको राजश्रीले १५ अर्ब ३४ करोड ४ लाख रुपैयाँ ऋण लगानी गरी सदस्यहरूलाई वित्तीय पहुँच बढाएको छ।
मुख्य प्रवन्धक राजनहरि श्रेष्ठले संस्थाले मलंगवामा प्रधान कार्यालयसहित देशभर १४ वटा सेवा केन्द्र मार्फत सदस्यहरूलाई नियमित वित्तीय सेवा प्रदान गर्दै आएको बताए। उनले नाफा वृद्धिलाई संस्थाको लगानी नीति, समयमै ऋण व्यवस्थापन र सदस्यहरूको विश्वाससँग जोडेर व्याख्या गरे।
साधारण सभामा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी र उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गर्दै राजश्रीले पारदर्शिता र सदस्यमूलक सेवा प्रवाहलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
कार्यक्रमको संचालन सुवोधहरि राजोपाध्यायले गरेका थिए।
No comments:
Post a Comment