Translate

Sunday, December 7, 2025

सर्लाहीमा स्रोत नखुलेको १२ लाख भन्दा बढी रकमसहित एक भारतीय युवक पक्राउ

 



मधेशदूत समाचारदाता---
सर्लाही ,मंसिर २१

    जिल्लाको ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट प्रहरीले ठूलो परिमाणको श्रोत नखुलेको नगद बरामद गरेको छ। शनिबार दिउँसो करिब २:३० बजेतिर गस्तीमा खटिएको प्रहरी टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकल रोक्दा उक्त रकम फेला परेको हो।
   प्रहरीका अनुसार गस्ती टोलीले भारतीय नम्बर प्लेट BR 30 Y 3287 को मोटरसाइकल चेकजाँच गर्दा चालक भारत बिहार, सितामढी जिल्लाको सोनवर्सा ग्राम पंचायत–२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोको साथबाट स्रोत नखुलेको नेपाली १२ लाख २९ हजार रुपैयाँ बरामद गरेको हो ।
  निजको साथबाट रु.१००० दरका ८१४ थान ,५०० दरका ६७१ थान ,१०० दरका ७१२ थान र ५० दरका १६६ थान नेपाली नोट बरामद गरिएको छ ।
   बरामद रकम, मोटरसाइकल र चालक महतोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसंधानका लागि मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय पठाइएकाे प्रहरीले जनाएको छ।


No comments:

Post a Comment