Translate

Sunday, December 7, 2025

त्रिभुवननगरबाट अवैध लागुऔषधसहित २ जना पक्राउ

 


मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर २१

   जिल्लाको ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगर बाट प्रहरीले चेकजाँचका क्रममा अवैध लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
   शनिवार साँझ करिब ७:३० बजेको समयमा भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको म.प्र. २–०३–००१ ह ३४९ नम्बरको अटो रोकेर तलासी लिँदा Nitcor-10 नामक लागुऔषधका २६ पत्ता (२५४ पिस)सहित ईश्वरपुर नगरपालिका -५ का हदिस मिकरानीका छोरा अटो चालक ३५ वर्षिय जावेद हुसेन र सोही ठाउँका अटोमा सवार चेत बहादुर परियारका छोरा २२ वर्षिय स्वय परियारलाई नियन्त्रणमा लिइएको हो।
     दुवैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जानकारी दिएको छ।


No comments:

Post a Comment