Translate

Sunday, December 21, 2025

प्रहरीद्वारा ३५ बिगहामा लगाइएको अवैध गाँजा खेती नष्ट



मधेशदूत समाचारदाता—
सर्लाही, पुस ७

   सर्लाहीको लालबन्दी नगरपालिका–१४ अन्तर्गत चुरे क्षेत्रका विभिन्न स्थानमा लगाइएको अवैध गाँजा खेती प्रहरीले फडानी गरेको छ।
   शनिबार बिहानदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी प्रताटोल, हात्ति सुढे, १५ बिगहा, ९ बिगहा तथा मत्स्य दोभान शिरलगायतका क्षेत्रमा लगाइएको अवैध गाँजा खेती नष्ट गरिएको हो।
    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार करिब ३५ बिगहा क्षेत्रफलमा फैलिएको १ लाख ८० हजारभन्दा बढी गाँजाका बोट फडानी गरिएको छ। फडानी कार्य साँझसम्म निरन्तर रूपमा सञ्चालन गरिएको थियो।
    जिल्लामा लागूऔषध नियन्त्रणलाई प्रभावकारी बनाउन अवैध गाँजा खेतीविरुद्ध यस्ता अभियानलाई निरन्तरता दिइने प्रवक्ता राईले जानकारी दिए ।


No comments:

Post a Comment