Translate

Tuesday, December 23, 2025

स्थानीय व्यापार प्रवर्द्धनका लागि सिर्सियामा साप्ताहिक बजार सुरु स्थानीय किसान र व्यापारी उत्साहित

 



मधेशदूत समाचारदाता—
सर्लाही, पुस ८

    स्थानीय व्यापार प्रवर्द्धन र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले कविलासी नगरपालिकाको सिर्सियामा साप्ताहिक बजार सञ्चालनमा आएको छ। वडा अध्यक्ष धर्मेन्द्र राय यादवको अध्यक्षतामा गत पुस ३ गते सम्पन्न बैठकको निर्णयअनुसार रोयम नेपालको सहयोगमा सोमबारदेखि बजार औपचारिक रूपमा सुरु गरिएको हो।
निर्णयअनुसार नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत वडा कार्यालय अगाडिको खाली स्थानमा हप्ताको दुई दिन सोमबार र बिहीबार नियमित रूपमा साप्ताहिक बजार लाग्नेछ। बजार सुरु भएसँगै स्थानीय किसान, साना व्यापारी तथा उपभोक्ताहरू उत्साहित देखिएका छन्।
   वडा अध्यक्ष यादवले साप्ताहिक बजारले स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना र स्थानीय तहमा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार बजारलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्थापनका कामहरू क्रमशः अघि बढाइनेछ।


  वडा कार्यालय, स्थानीय समुदाय र सहयोगी संस्था रोयम नेपालको समन्वयमा सुरु भएको यस साप्ताहिक बजारले सिर्सिया तथा आसपासका क्षेत्रको आर्थिक चलायमानता बढाउने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment