मधेशको आवाज डा. बीर वंश बैठालाई ‘तेस्रो दादासाहेब फाल्के अन्तर्राष्ट्रिय प्रेरणादायी पुरस्कार–२०२६ प्रदान गरिने
मधेशदूत समाचारदाता----
सर्लाही,पुस ८
मधेसको सामाजिक, शैक्षिक र मानवअधिकार क्षेत्रमा निरन्तर सक्रिय डा. बीर वंश बैठालाई एबीएम मिडियाले तेस्रो दादासाहेब फाल्के अन्तर्राष्ट्रिय प्रेरणादायी पुरस्कार–२०२६ प्रदान गर्ने घोषणा गरेको छ। उनलाई यो पुरस्कार २५ जनवरी २०२६ मा नयाँ दिल्लीमा आयोजना हुने समारोहका बिच प्रदान गरिने छ।
मधेसका सिमान्तकृत समुदायको शिक्षा, समानता र नेतृत्व विकासमा लामो समयदेखि योगदान दिएका डा. बैठाले सम्मानप्रति आभार व्यक्त गरेका छन् र सो अवसरमा सहभागी हुने प्रयास गर्ने बताएका छन्।
डा. बैठाले मधेसलाई राष्ट्रिय मुख्यधारामा ल्याउन आवश्यक सुधार, समावेशी नीति र जिम्मेवार नेतृत्वको आवश्यकता औँल्याउँदै आएका छन्। अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि मधेसका विषयमा मुद्दा उठाउँदै आएका उनलाई प्राप्त यो सम्मान मधेसका लागि गौरवको विषय बनेको छ।
स्थानीय बुद्धिजीवी तथा नागरिक समाजले यस सम्मानले मधेसका युवामा प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्। एबीएम मिडियाले उल्लेख गरेअनुसार, दादासाहेब फाल्के पुरस्कार सामाजिक परिवर्तन र प्रेरणादायी नेतृत्वका लागि प्रदान गरिँदै आएको छ।
No comments:
Post a Comment