पर्सामा सम्पन्न अध्यक्ष कप क्रिकेट उपाधि जिंगडवाले उचाले
मधेशदूत समाचारदाता---
सर्लाही, पुस ८
सर्लाहीको नेपाल-भारत सिमावर्ती पर्सा गाउँपालिकामा सम्पन्न अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नं. ४ जिंगडवालाले उचालेको छ।
वडा नं. ३ नारायणपुर स्थित क्रिकेट मैदानमा भएको फाइनल खेलमा जिंगडवालाले नारायणपुरलाई ३३ रनले पराजित गर्दै विजेता बनेको हो। उपाधिसहित जिंगडवालाले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता नारायणपुरले १५ हजार रुपैयाँ हात पारेको छ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष धिरेन्द्र राय विस्पद, उपाध्यक्ष नुतन देवी र प्रमुख प्रशासकीय अधिकृत मदन थिङले पुरस्कार वितरण गरेका थिए।
गत मंसिर २९ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ६ वटै वडाका टोलीहरूले भाग लिएको गाउँपालिकाले जनाएको छ।
No comments:
Post a Comment