Translate

Wednesday, December 3, 2025

माधोपुर टोलका १४२ दलित तथा विपन्न परिवारलाई न्यानो कम्बल वितरण

  



मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १८

     सर्लाहीको गोडैता नगरपालिका वडा न-११ माधोपुर टोलमा जाडोबाट राहत दिलाउने उद्देश्यले १४२ दलित तथा गरिब परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ। सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, राष्ट्रिय रोजगार प्रबर्द्धन केन्द्र मलंगवा (RRPK) को सहकार्य तथा  गोडैता नगरपालिकाको समन्वयमा मंगलबार  आयोजना गरिएको कार्यक्रममा उक्त सामाग्री वितरण गरिएको हो। 
  वडा अध्यक्ष विश्वनाथ पण्डितको रोहबरमा सम्पन्न कार्यक्रममा स्थानीय दलित तथा गरिब घरपरिवारलाई  न्यानो कम्बल हस्तान्तरण गरिएको थियो।


   जाडो मौसममा जोखिम बढ्ने भएकाले विपन्न समुदायका परिवारलाई आवश्यक सहयोग पुर्‍याउनु प्राथमिकता भएकोले कम्बल वितरण गरिएको RRPK का कार्यकारी निर्देशक शिवजी प्रसाद साहले बताए।
    समयमै प्राप्त भएको सहयोगले आफूहरूलाई ठूलो राहत पुगेको स्थानीयहरुले प्रतिक्रिया दिएका छन्।

No comments:

Post a Comment