Translate

Wednesday, December 3, 2025

कबिलासी नगरपालिकामा ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

  


सन्तोष कर्ण---
सर्लाही,मंसिर १८

    सर्लाहीको कबिलासी नगरपालिकामा बुधबार  ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाइएको छ। नगरपालिकाका उप मेयर पुनम कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा १२ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरू र परिचय पत्रधारीहरु सहभागी रहेका थिए।
महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक र सरोकारवालाहरू पनि उल्लेख्य उपस्थित रहेको  थियो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा भोगिरहेका समस्या, सरकारबाट प्राप्त सुविधाको कमी र आवश्यक सहयोगबारे आ-आफ्नो अनुभव राखेका थिए।


  कबिलासी–८ का अन्जु साहले अपाङ्गता भएका व्यक्तिहरूले पनि लोकतन्त्र र गणतन्त्र निर्माणमा महत्वपूर्ण योगदान दिएको तर सरकारले आवश्यक सुविधा नदिएको गुनासो व्यक्त गरे। कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा नेपाली काँग्रेसका नेता विनय कर्णले सरकारले अपाङ्गता सम्बन्धी कानुन बनाएको, परिचय पत्र वितरण र मासिक भत्ता उपलब्ध गराएको बताए।
  त्यस्तै उप मेयर पुनम कर्णले सरकारको सुविधा निरन्तर जारी रहने र यसपालि पालिकाको बजेटबाट अपाङ्गता भएका व्यक्तिहरूको लागि ९ लाख रुपैयाँ छुट्याइएको जानकारी दिँदै,अपांगता भएका व्यक्तिहरुको।लागि  आवश्यक पर्ने सामग्रीहरु पालैपालो वितरण गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।


No comments:

Post a Comment