Translate

Wednesday, December 3, 2025

मलंगवाको वडा नं–२ मा भव्य महावीरी झण्डा मेला हुने, बाँस कटाइ गरेर तयारी सुरु

 



मधेशदूत समाचारदाता

सर्लाही, मंसिर १८


सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२ स्थित पब्लिक स्कुल नजिक यस वर्ष पनि भव्य महावीरी झण्डा मेला आयोजना हुने भएको छ। बुधबार दिउँसो झण्डा निर्माणका लागि आवश्यक पर्ने बाँस विधिवत् रूपमा काटिएपछि मेलाको तयारी औपचारिक रूपमा सुरु भएको मेला समितिले जनाएको छ।
धर्म, कला–संस्कृति संरक्षण, मनोरञ्जन तथा आन्तरिक व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष झैँ यस वर्ष पनि मेला आयोजना गर्न लागिएको समितिले जानकारी दिएको छ। मेलामा स्थानीय उत्पादन, कृषि तथा भौतिक सामग्रीको बिक्री–प्रदर्शनसँगै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने समितिका उपाध्यक्ष  शम्भु साहले बताए।
   उनका अनुसार मेलामा स्वास्थ्य शिविर, मिना बजार, विभिन्न खेल–तमाशा, सर्कस, रामहिलोरा झुला, ब्रेकडान्स झुला तथा बच्चाहरूका लागि विशेष झुला लगायत धेरै आकर्षणहरू रहनेछन्।
  मेला संचालन हुने मिति र अवधि भने छिट्टै सार्वजनिक गरिने अध्यक्ष भोला साह सोनारले जानकारी दिए।

No comments:

Post a Comment