Translate

Wednesday, December 31, 2025

मातृ स्वास्थ्यमा नयाँ पहल: कौडेना गाउँपालिकाले सुरु गर्‍यो घुम्ती अल्ट्रासाउण्ड सेवा

 


मधेशदूत समाचारदाता---
सर्लाही, पुस १७

    सर्लाहीको कौडेना गाउँपालिकाले बुधबारदेखि घुम्ती अल्ट्रासाउण्ड सेवा सञ्चालनमा ल्याएको छ ।
   लक्ष्मीपुर सुखचैना स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दासले सेवाको औपचारिक शुभारम्भ गरेको हो ।
  गाउँपालिकाले मातृ स्वास्थ्यलाई प्राथमिकतामा राख्दै गर्भवती महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरेको जनाएको छ ।
    कार्यक्रमअन्तर्गत वडा नं. १ देखि ७ सम्म पालैपालो प्रत्येक स्वास्थ्य संस्थामा पुगेर स्थानीय गर्भवती महिलालाई अल्ट्रासाउण्ड सेवा प्रदान गरिनेछ । यो सेवाबाट गर्भवती महिलालाई समयमै स्वास्थ्य जाँच गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment