Translate

Wednesday, December 31, 2025

मलंगवामा चिसो मौसम लक्षित दाउरा वितरण

 



मधेशदूत समाचारदाता---
मलंगवा, पुस १७

    चिसो मौसमलाई ध्यानमा राख्दै मलंगवा नगर संरक्षण तथा सुधार समितिले मलंगवा नगरपालिका भित्रका विभिन्न सार्वजनिक स्थानमा दाउराको व्यवस्था गरेको छ ।
   शीतलहर र बढ्दो चिसोका कारण सर्वसाधारणलाई राहत दिन समितिले बुधबार जिविस चौक, पुरानो बसपार्क, नगरपालिका चौक, भगवती मन्दिर, झण्डा बजार लगायतका स्थानमा दाउरा वितरण गरेको हो ।
  यस मानवीय तथा सामाजिक कार्यमा नेपाल भेनियर उद्योग, मलंगवा–४ ले अमूल्य सहयोग प्रदान गरेको समितिले जनाएको छ । सहयोग, सहकार्य र सेवाभाव नै समुन्नत समाजको आधार भएको उल्लेख गर्दै समितिले सहयोगी संस्थाप्रति आभार व्यक्त गरेको छ ।
   समितिका अध्यक्ष चन्दन सिंह राजपुतका अनुसार चिसो मौसमको अवधिभर सम्भव भएसम्म यस्ता राहतका कार्यक्रमलाई निरन्तरता दिइनेछ । उहाँले स्थानीय संघ–संस्था तथा उद्योगी व्यवसायीलाई यस्ता सामाजिक कार्यमा सहकार्य गर्न आग्रह समेत गर्नुभयो ।

No comments:

Post a Comment