गाई तस्करीमा संलग्न तीनजना पक्राउ
मधेशदूत समाचारदाता--
सर्लाही, पुस १७
सर्लाहीको गोडैता नगरपालिका क्षेत्रबाट गाई तस्करीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। हिन्दु सम्राट् सेना नेपालका सदस्यहरूले बुधबार उनीहरूलाई गाईसहित गोडैता प्रहरी चौकिमा बुझाएका छन् ।
पक्राउ पर्नेहरुमा ६० वर्षीय नयिम अन्सारी, १० वर्षीय बालक मुरसेद अलि र शुबान अलि रहेका छन्। प्रहरीका अनुसार उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।
No comments:
Post a Comment