Translate

Wednesday, December 24, 2025

ईश्वरपुरको चुरे क्षेत्रमा अवैध रुपमा लगाइएका गाँजा खेती नष्ट

 



मधेशदूत समाचारदाता---
सर्लाही, पुस ९

   ईश्वरपुर नगरपालिका–१२ स्थित पिपल दमार, छड्के दमार र आसपासको चुरे क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।
   मंगलबार साढे ११ बजे इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक नितेश कुमार सिंहको कमाण्डमा खटिएका ४८ जनाको प्रहरी टोलीले पिपल दमारको माथिल्लो क्षेत्रबाट फडानी अभियान सुरु गरी साँझ ५ बजेसम्म तीन बिगहा क्षेत्रफलमा फैलिएको करिब १६,५०० गाँजाका बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सरोज राईले  जनाएको छ। 
   चुरे क्षेत्रको संरक्षण र लागूऔषध नियन्त्रणको लागि यस्ता अभियानहरू निरन्तर सञ्चालन गरिने बताइएको छ।


No comments:

Post a Comment