ब्रम्हपुरी र पर्सा गाउँपालिकामा सिडिओ कडरियाद्वारा स्थानीय प्रशासनसँग अन्तरक्रिया
मधेशदूत समाचारदाता –--
सर्लाही, पुस १०
सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले बुधबार ब्रम्हपुरी र पर्सा गाउँपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तरक्रिया गरेका छन्।
अन्तरक्रियामा प्रजिअ कडरियाले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा कसरी प्रदान गर्ने भन्नेबारे छलफल गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण र सेवाप्रवाह सुधारका उपायमा जोड दिएका थिए।
उनले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले बारम्बार दौडिन नपरोस् भन्ने सुनिश्चित गर्न वडाबाट आउने कागजात र सरसिफारिसको विवरण सूची तयार गरी वडाध्यक्ष, वडा सचिव लगायत सम्बन्धित कर्मचारीलाई उपलब्ध गराएका छन्।
ब्रम्हपुरीमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष रामपदारथ साह र पर्सा गाउँपालिकामा अध्यक्ष धीरेन्द्र राय, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको उपस्थिती रहेको थियो।
No comments:
Post a Comment