Translate

Tuesday, December 9, 2025

उपेन्द्र महतोलाई मन्त्री बनाउन लोसपा सर्लाहीको माग, केन्द्रीय नेतृत्व समक्ष पत्र मार्फत सिफारिस

  



मधेशदूत समाचारदाता----
सर्लाही,मंसिर २४

     लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल जिल्ला कार्यसमिति सर्लाहीले प्रदेशसभा सदस्य उपेन्द्र महतोलाई मन्त्री बनाउन पार्टी केन्द्रीय नेतृत्वसमक्ष औपचारिक सिफारिस गरेको छ। 
   जिल्ला अध्यक्ष रामप्रसाद राय यादवले केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई पत्र लेख्दै सर्लाही क्षेत्र नं. १(क) बाट लगातार दुई कार्यकाल प्रदेशसभा सदस्यको रूपमा निर्वाचित भएका महतोले अझैसम्म मन्त्री बन्न नपाएको उल्लेख गर्दै यसपटक अवसर दिन आग्रह गरेका हुन्।
  हालै लोसपासहितको समर्थनमा मधेश प्रदेशमा नेपाली कांग्रेस नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकार विस्तारका तयारी भइरहेका बेला महतोलाई मन्त्री बनाउन सर्लाहीका नेता तथा कार्यकर्ताले निरन्तर आवाज उठाउँदै आएका छन्।
  लोसपाका ९ जना प्रदेशसभा सदस्यमध्ये ८ जना विभिन्न समयमा मन्त्री तथा महत्त्वपूर्ण पदमा पुगिसक्दा पनि सर्लाहीका महतो भने एक पटक पनि जिम्मेवारीबाट वञ्चित हुनु अन्यायपूर्ण भएको भन्दै जिल्ला कार्यसमितिले चासो व्यक्त गरेको छ।
   जिल्लाको लामो अपेक्षा र कार्यकर्ताको मनोबललाई सम्मान गर्दै महतोलाई यो पटक मन्त्री बनाउन अनुरोध गरिएको पत्रमा उल्लेख छ।

No comments:

Post a Comment