संग्रामपुर नाकामा शंकास्पद मासुसहित दुईजना पक्राउ, गाईको मासु भएको स्थानीयहरुको भनाई
मधेशदूत समाचारदाता—
सर्लाही, पुस १३
सर्लाहीको पर्सा गाउँपालिका–२ अन्तर्गत संग्रामपुर नाकामा प्रहरीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको शंकास्पद मासु बरामद गर्दै एक महिला र एक युवकलाई नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो नाकामा भइरहेको नियमित चेकजाँचका क्रममा भारतबाट आउँदै गरेको प्र.२–०४–००१ प १३८५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गरिएको थियो। जाँचका क्रममा मोटरसाइकलमा सवार महिलाले प्लास्टिकको झोलाभित्र लुकाइछिपाई ल्याएको करिब २ केजी मासु फेला परेको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ जयसपुर निवासी अन्दाजी १९ वर्षीय समी अंसारी रहेका थिए भने पछाडि उनकी हजुरआमा अन्दाजी ६० वर्षीया सोग्रा खातुन सवार थिइन्।
सर्लाहीका प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार फेला परेको मासु कुन जनावरको हो भन्ने विषयमा यकिन हुन बाँकी रहेकाले मासु, मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
No comments:
Post a Comment