Translate

Wednesday, December 31, 2025

स्वास्थ्यमन्त्री राय द्वारा सासापुर स्वास्थ्य चौकीको निरीक्षण, स्वास्थ्य सेवा सुधारमा प्रतिबद्ध

  



मधेशदूत समाचारदाता---
सर्लाही, पुस १७

   मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगिलाल रायले बुधबार हरिवन नगरपालिका–४ स्थित सासापुर स्वास्थ्य चौकीको निरीक्षण गर्दै स्वास्थ्य सेवा सुधारमा आफ्नो प्रतिवद्धता जनाएका छन्।
    कार्यक्रममा नगरप्रमुख रमेश बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयाल र वडाका वडाध्यक्षहरु सहभागी थिए।  स्वास्थ्य चौकी र नगरपालिका प्रतिनिधिहरुले सेवा सुधारका आवश्यकता र चुनौतीबारे मन्त्री रायसँग छलफल गरेका थिए।
   सो अवसरमा सिद्धार्थ बैंकले स्वास्थ्य चौकीलाई औजार र उपकरण सहयोग गरेको थियो। मन्त्री रायले प्रदेश सरकारको तर्फबाट आवश्यक उपकरण र सहयोग उपलब्ध गराइने प्रतिवद्धता पनि दिएका छन्।
   यसैबीच, मन्त्री रायले नवलपुरस्थित सर्वदंश उपचार केन्द्रको पनि निरीक्षण गरे र त्यहाँका अध्यक्ष उद्धव पौडेलबाट केन्द्रको अवस्था र सुधार आवश्यकताबारे जानकारी लिएका थिए। उनले प्रदेश सरकारले स्वास्थ्य संरचना सुधार्न तत्पर रहेको बताए।


No comments:

Post a Comment