कौडेना गाउँपालिकामा नागरिक सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता –--
सर्लाही, पुस १६
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले कौडेना गाउँपालिकामा पुगेर स्थानीय जनप्रतिनिधि तथा कर्मचारीसँग नागरिकलाई कसरी सहज र सरल रूपमा सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरेका छन्।
गाउँपालिका अध्यक्ष रुपेश कुमार यादव"बबलु" को प्रमुख आतिथ्यतामा आयोजना भएको अन्तरक्रियामा प्रजिअ कडरियाले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा कसरी प्रदान गर्ने भन्नेबारे छलफल गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण र सेवाप्रवाह सुधारका उपायमा जोड दिएका थिए।
उनले प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले बारम्बार दौडिन नपरोस् भन्ने सुनिश्चित गर्न वडाबाट आउने कागजात र सरसिफारिसको विवरण सूची तयार गरी वडाध्यक्षलाई उपलब्ध गराएका छन्।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद धिमिरे, प्रमुख प्रशासकीय अधिकृत सुरेश दास, सबै वडाका वडाअध्यक्ष, वडा सचिव, पालिकाका कर्मचारी सहित सराेकारवालाहरूकाे उपस्थित रहेकाे थियाे ।
No comments:
Post a Comment