Translate

Wednesday, December 24, 2025

मलंगवा नगरपालिकाको प्र.प्र.अ को जिम्मेवारी सम्हालेका होम प्रसाद घिमिरे सहायक सिडियोको रुपमा पुनः जिल्ला प्रशासनमै फर्किए

 



मधेशदूत समाचारदाता—
सर्लाही, पुस ९

    एक महिनाअघि मलंगवा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका उपसचिव होमप्रसाद घिमिरे पुनः सर्लाही जिल्ला प्रशासन कार्यालयमै फर्किएका छन् ।
  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार घिमिरेले सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडियो) को जिम्मेवारी सम्हालेका छन्। जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार उनी औपचारिक रूपमा सहायक सिडिओका रूपमा हाजिर भइसकेका छन्।
    जिल्लाकै लालबन्दी नगरपालिका–५ निवासी घिमिरे मंसिर ३ गते मलंगवा न.पा मा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका थिए। हाजिर भएकै दिन उनले उपप्रमुख तथा वडाध्यक्षहरूबीच सहमति गराई ११ दिनदेखि जारी तालाबन्दी खुलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सो घटनालाई नगरपालिकाको प्रशासनिक गतिरोध अन्त्यतर्फको सकारात्मक पहलका रूपमा हेरिएको थियो। तर मन्त्रालयले उनलाई पुनः जिल्ला प्रशासन कार्यालयमा खटाएको छ। 
    

No comments:

Post a Comment