चिसोका कारण चन्द्रनगरका सबै सामुदायिक विद्यालय बन्द
मधेशदूत समाचारदाता—
सर्लाही,पुस ९
सर्लाहीको चन्द्रनगर गाउँपालिकाले अत्यधिक चिसो र शीतलहरको प्रभावलाई ध्यानमा राख्दै सबै सामुदायिक विद्यालयमा जाडो बिदा दिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको निर्णय बमोजिम वर्षे बिदाबाट कट्टा हुने गरी अर्को सूचना नआएसम्मका लागि विद्यालय बन्द गरिएको पालिकाले जनाएको छ।
तराई–मधेश क्षेत्रमा केही दिनयता निरन्तर चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ। विशेषगरी बिहान र साँझको समय अत्यधिक चिसो हुँदा विद्यालय जाने बालबालिकाको स्वास्थ्य जोखिममा परेको र नियमित पठनपाठन प्रभावित भएपछि यो निर्णय लिएको बताइएको छ।
पालिकाका अनुसार विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै अस्थायी रूपमा विद्यालय बन्द गरिएको हो। मौसम अनुकूल भएपछि पठनपाठन पुनः सुरु गरिने गरी आवश्यक सूचना जारी गरिने जनाइएको छ।
No comments:
Post a Comment