२९ औं वार्षिक साधारणसभा : द-सहारा लोन सेभिङ्ग को नाफा १८ करोड भन्दा बढी
मनोज यादव----
सर्लाही,मंसिर २६
द सहारा लोन सेभिङ्ग एण्ड को–अपरेटिभ सोसाइटी लिमिटेड, मलंगवाले आफ्नो २९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। शुक्रबार सदरमुकाम मलंगवामा आयोजित कार्यक्रममा मधेस प्रदेशका बिना विभागीय मन्त्री जंगीलाल राय यादव प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष नागेन्द्र कुमार यादवले सेयरधनीलाई १४ प्रतिशत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइरहेको जानकारी दिँदै संस्थाले विगतका चुनौतीहरू पार गर्दै स्थिर प्रगतिको यात्रामा अघि बढ्न सफल भएको बताए। उनले संस्थालाई मजबुत बनाउन साथ–सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
महाप्रबन्धक नागेन्द्र चौधरीले संस्थाले आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २९ लाख ६० हजार रुपैयाँ मुनाफा आर्जन गरेको तथ्याङ्क प्रस्तुत गर्दै यसलाई संस्थाको दिगोपनको सूचकका रूपमा व्याख्या गरे। सोही अवसरमा रौतहट गौर शाखाका प्रबन्धक उमेश राय यादवलाई अत्याधिक ऋण असुलीमा उत्कृष्ट कार्यसम्पादन गरेबापत प्रशंसा पत्रसहित सम्मान गरिएको थियो।
सदरमुकाम मलंगवा–८ स्थित कुसुम पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष तपेश्वर चौधरी,सदस्य धुर्वनारायण प्रसाद कुशवाहा, शुशिला देवी कार्की, कानुनी सल्लाहकार अधिवक्ता भिखारी मन्सुर, लेखा समिति संयोजक ब्रजकिशोर झा, सदस्य मोहम्मद काइमुल मिकरानी लगायत विभिन्न शाखाका प्रमुख, सेयर सदस्य, खाताधारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
No comments:
Post a Comment