Translate

Tuesday, December 30, 2025

बरहथवाको महेश्वरी इङलिस बोर्डिङ स्कुलमा आर्थिक अनियमितताको आरोप

  



विद्यानन्द राय----
सर्लाही, पुस १५

     सर्लाहीको बरहथवा नगरपालिका–७ स्थित महेश्वरी इङलिस बोर्डिङ स्कुलका शेयरधनी सुनिल कुमार रायले विद्यालय सञ्चालक समितिकी अध्यक्ष अनामिका कुमारीमाथि गम्भीर आरोप लगाएका छन्। शनिबार आयोजित संस्थाको वार्षिक समीक्षा तथा पत्रकार सम्मेलनमार्फत उनले अध्यक्षले आफूलाई कुनै पनि आर्थिक हिसाब–किताब नदेखाएको आरोप सार्वजनिक गरेका हुन्।
    रायका अनुसार विद्यालयको कुल शेयरमध्ये ५१ प्रतिशत अर्थात् १ हजार ५ सय ३० कित्ता शेयर आफूले खरिद गरे तापनि अध्यक्ष अनामिका कुमारीले आधिकारिक रूपमा आम्दानी–खर्चको विवरण उपलब्ध नगराएको बताए। उनले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई समयमै तलब नदिइएको, विद्यार्थीहरूसँग राम्रो व्यवहार नगरिएको र संस्थालाई नै डुबाउने मनसायका साथ अध्यक्षले काम गरिरहेको आरोप लगाए।


  पत्रकार सम्मेलनमा रायले विद्यालयको नियमित लेखापरीक्षणसमेत नगराइएको जानकारी गराउँदै यसले विद्यालयको आर्थिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको बताए। अध्यक्षलाई पटक–पटक चिठीपत्रमार्फत हिसाब–किताब सार्वजनिक गर्न आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएकोप्रति उनले चिन्ता व्यक्त गरे।
यस विषयमा अध्यक्ष अनामिका कुमारीको धारणा लिन खोज्दा सम्पर्क हुन सकेन।


No comments:

Post a Comment