कर्मचारी मिलन केन्द्र, सर्लाहीको अध्यक्षमा उपेन्द्र कुमार सिंह नियुक्त
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर २९
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मलंगवाका नि. कार्यालय प्रमुख उपेन्द्र कुमार सिंहलाई कर्मचारी मिलन केन्द्र, सर्लाहीको अध्यक्ष पदको जिम्मेवारी प्रदान गरिएको छ।
केन्द्रको हालै सम्पन्न बैठकले सिंहलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो। कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र व्यावसायिक एकता अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रले अनुभवी तथा कर्मठ कर्मचारीलाई नेतृत्वदायी भूमिकामा अघि सारेको जनाएको छ।
नव–नियुक्त अध्यक्ष सिंहले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै कर्मचारीहरूको हकहित संरक्षण, क्षमता विकास तथा आपसी समन्वयलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कर्मचारी मिलन केन्द्रलाई अझ सक्रिय, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाइने बताउनुभयो।
कर्मचारी मिलन केन्द्र, सर्लाहीले जिल्लामा कार्यरत विभिन्न कार्यालयका कर्मचारीहरूलाई एक आपसमा जोड्दै सकारात्मक कार्य वातावरण निर्माणमा योगदान पुर्याउँदै आएको छ।
No comments:
Post a Comment