Translate

Sunday, December 28, 2025

हरिपुरका ४ सय बढी दलित मुसहर परिवारलाई न्यानो कम्बल वितरण

 



मधेशदूत समाचारदाता----
सर्लाही, पुस १३

  ग्रामीण नारी उत्थान संघले हरिपुर नगरपालिकाको सहकार्य तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा एक कार्यक्रमको आयोजना गरि दलित र मुसहर समुदायका परिवारलाई न्यानो कम्बल वितरण गरेको छ। हरिपुरको वडा नम्बर १, २, ४, ५, ७, ८ र ९ का मुसहर र दलित परिवारलाई लक्षित गरि ४४२ घरधुरीलाई ५७६ थान कम्बल वितरण गरिएको हो ।
      कम्बल वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका नगर उपप्रमुख निलम देवी रायले जाडोमा कम्बल वितरणले समुदायलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न अभिभावकलाई आग्रह गर्नुभयो।
    त्यस्तै कार्यक्रमको अध्यक्षता गर्नु भएका संघका अध्यक्ष गोमा देवी न्यौपानेले संस्थाले विगतको वर्षदेखि यस किसिमको कार्यक्रम निरन्तर गर्दै आएको र बालबालिका, अपांगता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
   उक्त कार्यक्रम हरिपुर स्थित संस्थाको आफ्नै प्रांगणमा सम्पन्न भएको थियो।


No comments:

Post a Comment