Translate

Sunday, December 28, 2025

कौडेनाको विशेष गाउँ सभामा विकास र खर्च प्रगतिमाथि समीक्षा



मधेशदूत समाचारदाता---
सर्लाही, पुस १३ 

  सर्लाहीको कौडेना गाउँपालिकाले आइतवार विशेष गाउँ सभा (हिउँदे अधिवेशन) आयोजना गरी चालु आर्थिक वर्ष २०८२/८३ को विकास गतिविधि र खर्च अवस्थाको समीक्षा गरेको छ। 
   मधेश प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विकास तथा खर्चको विवरणमाथि विस्तृत छलफल गरिएको छ ।
   सभामा गाउँपालिका अध्यक्ष रुपेश कुमार (बब्लु) ले हालसम्मको आय–व्यय विवरण र विभिन्न विकास योजनाको प्रगति प्रस्तुत गर्दै आगामी दिनमा प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए।




   प्रमुख अतिथि रायले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकास योजना बनाउनुपर्ने आवश्यकता औंल्याउँदै विकासको अवस्था सार्वजनिक रूपमा प्रस्तुत गर्नु सकारात्मक र सराहनीय कदम भएको बताए।
   कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश दासले स्वागत मन्तव्य राखेका थिए भने लेखा अधिकृत हरिनारायण साहले सभाको सञ्चालन गरेका थिए। 
  विशेष गाउँ सभामा गा.पा उपाध्यक्ष नगिना देवी,वडा नं. १ देखि ७ सम्मका वडाअध्यक्ष , गाउँ सभा सदस्य ,कर्मचारी र पत्रकारहरूको सहभागिता रहेको थियो।

No comments:

Post a Comment