ब्रह्मपुरीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ
मधेशदूत समाचारदाता---
सर्लाही, पुस १०
प्रहरीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ स्थित ब्रहम्पुरी चोकबाट प्रतिबन्धित लागूऔषध गाँजा लुकाई छिपाइ राखेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार दिउँसो करिब २ः५५ बजे गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ब्रहम्पुरी चोकमा सिता सरन साहको घरमा डेरा गरी बस्दै आएका करिब ४० वर्षीय रामपृत साहको कोठामा स्थानीयबासी तथा जनप्रतिनिधिको रोहबरमा खानतलासीका क्रममा साहको कोठामा रहेको जेब्रा झोलाभित्र रातो प्लास्टिकमा बेरिएको अवस्थामा ४ केजी २०० ग्राम गाँजा फेला परेको हो ।
निजलाई गाँजासहित नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतबाट लागूऔषध मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया बढाएको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment