Translate

Tuesday, December 2, 2025

जिल्ला समन्वय समितिको कार्यालय पहिलाको सिडियो कार्यालयमा स्थानान्तरण

 


मधेशदूत समाचारदाता---
 सर्लाही, मंसिर १७

    जिल्ला समन्वय समितिको कार्यालय साविक जिल्ला पञ्चायत तथा जिल्ला विकास समितिको स्वामित्वमा रहेको भवनमा स्थानान्तरण भएको छ।
   यसअघि संचालन हुँदै आइरहेको कार्यालय भवन जीर्ण भएपछि सञ्चालनमा समस्या र कागजात तथा जिन्सी सामान असुरक्षित हुने जोखिम बढेका कारण, जिल्ला प्रशासन कार्यालयले प्रयोग गर्दै आएको खाली भवनमा मंगलबारदेखि कार्यालय स्थानान्तरण गरिएको हो।
  स्थानान्तरणपछि कार्यालय सञ्चालन नियमित भएको र कर्मचारीहरूलाई सेवा संचालनमा सुविधा भएको जिसस प्रमुख कौशल किशोर सिंहले जनाएको छ।

No comments:

Post a Comment