पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सर्लाहीमा तीन हजार भन्दा बढी रुखहरु काटिने
मधेशदूत समाचारदाता---
सर्लाही, मंसिर १६
पूर्व–पश्चिम राजमार्गलाई ४ र ६ लेनमा विस्तार गर्ने क्रममा सर्लाही, महोत्तरी र धनुषामा कुल ११ हजार ५७७ रुख काटिने भएको छ। सर्लाहीमै मात्र ३ हजार ६ सय ७४ रुखहरु काटिने भएको छ। सबैभन्दा धेरै ६ हजार २७ रुख महोत्तरीमा र सबै भन्दा कम धनुषामा १ हजार ८७६ रुखहरु हटाइने छन्।
मन्त्रिपरिषदबाट अनुमति पाएसँगै सर्लाही र धनुषामा कटान सुरु भइसकेको छ भने महोत्तरीमा प्राविधिक प्रक्रिया पूरा भएपछि काम सुरू हुने जनाइएको छ।
रुख फडानीसँगै बिजुलीका पोल सार्ने, खानेपानी पाइप व्यवस्थापन जस्ता चुनौतीले काम प्रभावित बनाएको सडक आयोजनाका सूचना अधिकारी राजकिशोर सिंहले बताएका छन्।
विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा विस्तार भइरहेकाे १३० किलोमिटर सडक बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनमा निर्माण हुने सूचना अधिकारी सिंहले बताएका छन् ।
तर स्थानीयवासीले भने रुख कटानपछि तराईमा तापक्रम वृद्धि, धुलो–धुवाँ, हरियाली कमी र जैविक विविधतामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन्।
No comments:
Post a Comment