Translate

Sunday, December 21, 2025

एपेक्स एकेडेमी मलंगवामा कक्षा १२ का विद्यार्थीद्वारा नयाँ विद्यार्थीको स्वागत

 


मधेशदूत समाचारदाता---

सर्लाही, पुस ६

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित एपेक्स एकेडेमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी शनिबार स्वागत कार्यक्रम आयोजना गरेका छन्।
   नवआगन्तुक विद्यार्थीलाई क्याम्पसको शैक्षिक वातावरणसँग अभ्यस्त गराउँदै अध्ययनप्रति उत्साहित बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो। कार्यक्रमको अध्यक्षता शिक्षक रामविश्वास साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा युवा समाजसेवी सोहन कुमार झा उपस्थित थिए।
   कार्यक्रममा शिक्षकहरू शैलेन्द्र तिवारी, राजेश प्रसाद यादव, गणेश राय, राजकिशोर साह, शशिकान्त ठाकुर, साथै पत्रकार मनोज यादव र सुनिल रायलगायत कक्षा ११ र १२ का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
   क्याम्पसका संस्थापक प्राधानाध्यापक नवीन कुमार यादवले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ विद्यार्थीहरूलाई अनुशासनमा रही मन लगाएर अध्ययन गर्न आग्रह गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि झाले यस्ता स्वागत कार्यक्रमले नयाँ र पुराना विद्यार्थीबीच आत्मीयता बढाउने बताए।
   कार्यक्रमको सञ्चालन शिक्षक कामेन्द्र महराले गरेका थिए।

No comments:

Post a Comment