जनमत पार्टीद्वारा सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस
मधेशदूत समाचारदाता----
सर्लाही , पुस २
जनमत पार्टीले सर्लाही जिल्लाका निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा छुट्टाछुट्टै बैठक सम्पन्न गरी प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको छ।
निर्वाचन क्षेत्र नम्बर ४
गोडैता बजारस्थित जनमत पार्टीका नेता श्याम बाबू साहको इँटा उद्योग परिसरमा केन्द्रीय कार्यकारिणी सदस्य सन्जय कुमार सिंहको अध्यक्षतामा तथा केन्द्रीय राजनीति समिति सदस्य राकेश मिश्र प्रमुख अतिथ्यता र जिल्ला इन्चार्ज श्री चन यादव विशिष्ट अतिथ्यत तथा गोडैता नगर प्रत्याशी श्याम बाबू साहको आतिथ्यतामा सम्पन्न भएको बैठकले प्रत्यक्षतर्फ राकेश कुमार मिश्रलाई एकल रुपमा उमेदवार सिफारिस गरेको छ।समानुपातिकतर्फ भने हरिनन्दन यादवको नाम सिफारिस गरिएको छ।उक्त बैठकमा केन्द्रीय सदस्य हरिनन्दन यादवसहित करिब ५०० जनाको उपस्थिति रहेको थियो।
निर्वाचन क्षेत्र नम्बर ३
यस क्षेत्रको बैठकमा २५ जनाको उपस्थिति रहेको थियो। बैठकको अध्यक्षता संयोजक महेस पासवानले गरेका थिए । बैठकको निर्णयअनुसार प्रत्यक्षतर्फ पनीराम कुशवाहा र समानुपातिकतर्फ हिरोवन कुमारी साहलाई उम्मेदवार सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर २
क्षेत्र नम्बर २ को बैठकको अध्यक्षता क्षेत्रीय संयोजक दिगेश्वर नायकले गरेका थिए । बैठकले प्रत्यक्षतर्फ दिलिप कुमार कर्ण, बिपिन कापड र दिपक कुमार यादवलाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। समानुपातिकतर्फ दलित महिला कोटाबाट मनोहरी देवी बैठालाई सिफारिस गरिएको छ।
निर्वाचन क्षेत्र नम्बर १
केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक सुबोध कुमार मण्डलको अध्यक्षतामा सम्पन्न यस क्षेत्रको बैठकले प्रत्यक्षतर्फ अजित कुमार मण्डल र शेराज आलमलाई उम्मेदवार सिफारिस गरेको छ। समानुपातिकतर्फ सुबोध कुमार मण्डल, संजोग कुमारी महतो र सुनिता खत्रीको नाम सिफारिस गरिएको छ।
जनमत पार्टीले संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीलाई तीव्र बनाउँदै चारै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको जनाएको छ।
No comments:
Post a Comment